पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिका पछिल्लो समय अशान्त वन्दै गएको थियाे । सुरक्षा अवस्थामा सर्वसाधारणबाट प्रश्न उठ्न थालेपछि आसार देखि भने पथरी ईलाका प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक (डिएसपी) पाएको छ ।
सार २ गते देखिनै डीएसपी लक्ष्मी अधिकारीले ईलाकाको आफ्नो कार्यभार सम्हालेका जनाईएको छ । अपराध नियन्त्रण सहजताको लागी दङ्गा नियन्त्रण गण दुहवीबाट डीएसपीलाई यहाँ ल्याईको बुझिएको छ ।
केही समय अगाडी बजारमै षडराज तामाङ र रिना बस्नेतको शंकास्पद मृत्यु भएपछि स्थानीयबासीले डीएसपीको दरबन्दी माग गर्दै आएका थिए । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप राईको टोलिले गृहमन्त्री रामबहादुर थापा (बादल), १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतलाई डीएसपीको मागको ज्ञापनपत्र बुझाँएका थिए ।
पथरीमा शंकास्पद हत्या लगाएतको विभिन्न घट्ना भएपछी त्यहा कार्यरत प्रहरी निरीक्षक कमल बजगाई कामगर्न नसकेको ठहर गर्दै जिल्ला तानिए पछि पथरीको नेतृत्व गर्दै इस्पेक्टर सुवास भट्टराई आएका थिए ।
अव भने पथरीले जनताको माग अनुसारको सुरक्षा व्यावस्था पाउने निश्चित भएको छ ।
जनताको माग अनुसार प्रहरी नायब निरीक्षक (डीएसपी) अधिकारी इलाका प्रहरी कार्यालय पथरीमा आएका हुन ।