इटहरीः उद्योग वाणिज्य सङ्घ (उवासंघ) इटहरीमा चुनावी सरगर्मी बढेको छ । आगामी असार १४ गते हुने चुनावको लागी आ–आफ्ना चुनावी एजेन्डा र कामहरूको सार्वजनिकरण भइसकेको छ । अध्यक्षका प्रत्यासी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सहित कार्यवाहक अध्यक्ष शैलेश कुमार बिस्टले आफ्नो प्रतिबद्धतापत्रमा आफ्ना भावी योजनाहरूसँगै विगतमा गरेका कामहरूका सुचीहरू पनि तयार गरेका छन् ।
यी हुन शैलेश कुमार बिस्टको नेतृत्वमा भएका उवासंघ इटहरीका १३ महत्त्वपूर्ण कामहरुः
१. उद्योग वाणिज्य सङ्घ इटहरीको सुविधा सम्पन्न भवनको पुर्णरुपमा निर्माण
२. इटहरी बजार क्षेत्र, खनार, तरहरा, इटहरी बसपार्क, इटहरी अस्पताल, आँपगाछि, बुढिखोला, लबीपुर, पचरुखी लगायतका स्थानहरूमा स्थानीय सरकारसँगको सहकार्यमा सोलार बत्ती जडान
३. इटहरीको बजार क्षेत्रमा ८ वटा नाइटभिजन सिसी क्यामेरा जडान
४. लघु घरेलु उद्यमीहरूको ७ दिने औद्योगिक मेला, २ दिने रोजगार मेला, प्रदेश नम्बर १ स्तरीय महिला उद्यमिद्धारा उत्पादित सामानको २ दिने प्रदर्शन तथा मेलाको सफल आयोजना
५. पहिलोपटक इटहरीको आन्तरिक राजश्व करदाता सेवा कार्यालयमा व्यापारीहरूको सहायताको लागी निःशुल्क हेल्प डेक्सको स्थापना
६. उवासंघमा जोडिएका सबैजसो बस्तुगत संघहरु तथा व्यवसायीहरूका लागी पटकपटक करसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना
७. महिला उद्यमी तथा व्यवसायीहरूको लागी प्रत्येक वर्ष तीज विशेष कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम आयोजना
८. इटहरीमा आएको विनाशकारी बाढीमा उद्धार, राहत वितरण तथा पनुस्र्थापन गर्न सक्रिय र महत्त्वपूर्ण सहयोग
९. उद्योग वाणिज्य सङ्घ इटहरीलाई घरेलु विकास समितिमा प्रवेश गराएर महिला उद्यमीहरूलाई प्रतिवर्ष पाँच लाखसम्म बिनाधितो ऋण र एक लाखसम्म अनुदान उपलब्ध गराउन सफल
१०. व्यवसायीका साना देखी ठुला सबै प्रकारका समस्याहरू तुरुन्त पुगेर हल गर्न सफल
११. आफ्नै पहलमा इटहरीमा घरेलु औद्योगिक ग्राम निर्माण र रात्रिकालीन बजार लगाउने इटहरी उपमहानगरपालीकाद्धारा निर्णय गरिएको
१२. स्थानीय सरकारको चर्को करलाई संशोधन गराइ वैज्ञानिक ढङ्गबाट व्यवसायको वर्गीकरण गरी कर रकम घटाउन सफल
१३ं घर बहाल कर घरधनीले नै तिर्ने व्यवस्थाको पहल गर्न सफल