बेलबारीः मोरङमा हतियारसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीले आइतबार अशोक राई र केशु धिमाललाई पक्राउ गरेको छ । उनीहरू हतियारसहित पक्राउ परेकाले नेकपा विप्लवका कार्यकर्ता भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

पक्राउपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । पक्राउ परेको हतियार तथा व्यक्तिका बारेमा थप जानकारी दिन नमिल्ने एसपी अधिकारीले बताए । उनीहरूमाथि थप अनुसन्धानका लागि केही प्रहरी अधिकाaरी खटाइएको समेत उनले बताए ।