धरानः आज बिहान पौने ६ बजे मर्निङ वाकमा निस्किने स्थानीयको गहना लुटेर भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मर्निङ वाकमा निस्किएकी धरान–१५ श्यामचोककी ४० वर्षीया कमला गौतमको अढाइ तोला सुनको सिक्री लुटेर भाग्ने क्रममा सादा पोशाकका प्रहरीद्वारा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार मर्निङ वाकको क्रममा पिण्डेश्वर, दन्तकाली हुँदै मेरी गोल्ड स्कुल छेउ आइपुग्दा गौतमको सिक्री ती लुटेराले लुटेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तेह्रथुमको आङ्दिम घर भएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ का विनोद राई रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sunko sikri