इटहरीः  इटहरीमा यही असार १४ गते उद्योग वाणिज्य सङ्घ (उवासंघ)को चुनाव हुँदैछ । चुनावी मैदानमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शैलेश बिस्ट र कार्यसमिति सदस्य भीम पौडेल दुई प्यानल बनाएर सक्रिय छन् ।

२०७३ मा आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्ष भएका बिस्टको पक्षमा झुकाव भए पनि आक्रामक सक्रियता भने वर्तमान सदस्य लिलम बस्नेतले देखाएका थिएनन् । प्रदेश १ मा सुनसरी क्षेत्र नम्बर ३(१) का सांसद समेत भएका बस्नेत पर्दामा आएका थिएनन् ।

कतिसम्म भने आफू भन्दा अघिल्ला उवा संघका अध्यक्षले भीम पौडेल पक्षमा खुलेर लागे पनि उनि भने सक्रिय लबिङमा थिएनन् । निष्पक्ष राम्रा व्यापारी हेरेर चुनावमा भोट हाल्न बस्नेतले सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका थिए । अन्तरवार्तामा पनि कसैको पक्षमा खुलेर नआउने बताएका बस्नेत ८ गतेपछि भने सक्रिय हुन थाले ।

सक्रियताको कारण थियो भीम पौडेल प्यानलबाट गरिएको कार्टुन । कुनै एक कार्टुनमा डबिङ गरेर पौडेलको प्रचार समितिका सदस्यको स्किृप्टमा डबिङ गरिएको आवाजले बस्नेत आक्रोशित भए । कुनै पक्षमा खुलेर नलागे पनि कार्टुनमा भने बस्नेतलाइ अपमानजनक शब्दहरू भएको उनका निकट व्यापारीहरूले बताए ।

‘अध्यक्षले पार्टीको झन्डा मात्रै बोकेको’ जस्ता शब्दहरू भएको कार्टुृन सामाजिक सञ्जालमा हालिएपछि बस्नेत आक्रोशित भए । उनले पौडेल पक्षका व्यापारीहरूलाई आपत्ति प्रकट गरे । त्यसपछि काफल्स इटहरीमा बनेको त्यो कार्टुन पोस्टबाट हटाइयो । हाल भीम पौडेल फ्यान क्लबको नाममा सम्पादित कार्टुन आएको छ जसमा भने बस्नेतलाई कुनै अपमान गरिएको छैन ।

पार्टीको झन्डा बोकेको भन्ने मात्रै हैन पौडेल समूहले अर्को भिडियो पनि सामाजिक सञ्जालको म्यासेजमा भाइरल बनाएको छ । भिडियमो एक साँढेले रातो भेस्टधारि एक युवालाई नांगेधारझार हुनेगरि सिङले कपडा फुकाल्दै कुदाएको छ । सँगै । रहेको हरियो भेस्टधारीलाइ केही नगरी रातोलाई नांगेझार बनाएको भिडियो पनि चुनावी फन्डा गरेर भाइरल म्यासेज गरियो ।

बिस्ट प्यानल रातो भेस्टमा र पौडेल प्यानल हरियो भेस्टमा मैदानमा उत्रेकाले यो भिडियो नियतवश बनाएको भन्दै बस्नेत असन्तुष्ट बनेका छन् । आफ्नै समर्थनका बिस्ट प्यानलमा प्रतिस्पर्धी भीम पौडेलप्रति आलोचना गरिएको कुरामा असन्तुष्ट उनी पौडेल पक्षको झनै उत्तेजक प्रचारबाट असन्तुष्ट बने ।

निस्क्रिय बस्दा कार्टुनहरू बनाएर आफ्नो र आफ्नो समर्थनको प्यानलको खिल्ली उडाइएपछि भने बस्नेत सक्रिय भएका छन् । उनले निजी व्यापारिक वृत्तमा औपचारिक देखी अनौपचारिक संवाद बढाएका उनी निकट एक व्यापारीले बताए । त्यति मात्रै हैन, उनले निक्रिय जस्तै रहेको नेकपा पार्टी पंत्तिलाइ पनि सक्रिय बनाए ।

बस्नेत निक्रिय हुँदा केही निराश जस्तो देखिएको प्यानललाई बस्नेतको सक्रियताले हौसला दिएको वाणिज्य सदस्यका उम्मेदवार देवराज मादेनले बताए । उनले भने, ‘सानदार मतले जित निकाल्ने उवासंघ अध्यक्ष र प्रत्यक्ष निर्वा्चित सांसद लिलम बस्नेत सक्रिय भएपछि हाम्रो प्यानलमा जितको आधार थप बढेको छ ।’