झापाः मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका कारण लागूऔषधको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको बताएका छन् ।

बुधबार लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस्तो बताएका हुन् । उनले यो कार्यक्रम सानो भए पनि सन्देश भने ठूलो दिएको बताए ।
udhyog banijya sang nirwachan patra [Recovered]-03
नेपाल प्रवेशको पूर्वको पहिलो द्वार भएका कारण संयौको संख्यामा विदेशी पर्यटक नेपाल घुम्न यहि नाका भएर प्रवेश गर्ने गरेको बताउँदै उनले उनीहरूलाई हामीले शुरुमै सकरात्मक सन्देश दिन सके विश्वले नेपाललाई हेर्ने दृष्टिकोण पनि सकरात्मक हुने हुँदा यसतर्फ आम नगरवासी लाग्नुपर्ने बताए । तर दिनप्रतिदिन यो नाका लागूऔषधको ट्रान्जिट प्वाइन्टको रूपमा रहेको र अबैधरूपमा हुने लागुऔषधको ओसार पसार निक्कै चुनौती रहेको विचार प्रमुख आचार्यले व्यक्त गरे ।

udhyog banijya sang nirwachan patra [Recovered]-01

कार्यक्रमका विशेष अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले लागूऔषधको अवैध ओसारपसार र कुलत शून्यमा झार्न खुला सिमाना नै मुख्य चुनौती भएको दाबी गरिन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरबाट ‘समृद्घ राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ लागूपदार्थको नशा, जीवनको दशा, लागूऔषध त्यागौँ, स्वस्थ र सुखी जीवनतर्फ लागौंलगायतका चेतनामूलक नारा लेखिएका प्ले कार्ड र ब्यानरसहित ¥याली निस्किएको थियो । सयौँको सङ्ख्यामा निस्केको ¥याली बाहुनडाँगी रोड, बसपार्क, ६ नम्बर वडा कार्यालय रोड, गुराँस पथ, भट्टराई चोकलगायतका स्थान परिक्रमा गरी मेची भन्सार कार्यालयको पुरानो यात्रु शाखा परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले गरेका थिए । ¥यालीमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्की, सशस्त्र प्रहरीका निरीक्षक दिव्यराज कोइराला, लागुऔषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टाका प्रहरी अधिकृतहरू, सरकारी, गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरू, पूर्व प्रहरीको सङ्गठनका पदाधिकारी र उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।ritesh sreshtha udhyog banijya sang nirwachan patra [Recovered]-14