उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकाको विपत व्यवस्थापन कोषबाट आगलागीपीडित रामबहादुर थापाको घर निर्माणका लागि ५० हजार रुपैयाँ राहत दिइएको छ ।

बुधबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले वडा नं. ७ का वडाध्यक्ष बीरबल थापामार्फत् सो रकम प्रदान गरेका हुन् । आगलागीबाट उनको घर पूर्ण रूपमा जलेको थियो भने थापाकी बुहारीको मृत्यु भएको थियो ।

udhyog banijya sang nirwachan patra [Recovered]-01

त्यस्तै, उर्लाबारी–७ का आगलागी पीडित भक्तिराम अधिकारीलाई ७० हजार, अधिकारीकै घर छेउको पसलका अशोक कार्कीलाई २५ हजार, उर्लाबारी–८ का लखन हेमरनलाई ५० हजार, उर्लाबारी–६ का नारायण साहलाई ४० हजार रुपैयाँ, उर्लाबारी–३ का रामबहादुर सार्कीलाई २५ हजार, उर्लाबारी–९ का हेम चोङवाङलाई २५ हजार र लेटाङ–९ का वंशराज दाहाललाई २५ हजार रुपैयाँ विपत कोषबाट वितरण गर्ने कार्यपालिकाको बैठकबाट निर्णय गरिएको मेयर फागोले जानकारी दिए ।

विपत व्यवस्थापन कोषमा मोरङ सुनसरी समाजले १ लाख र शाक्य समाज उर्लाबारीले १० हजार रुपैयाँ जम्मा गरेको थियो ।