इटहरीः देवराज मादेन इटहरीका सेलिब्रेटी व्यापारी हुन । सेलिब्रेटी धेरैले चिनेर मात्रै हैन । चुनावी मतमा पनी उनि सेलिब्रेटी नै हुुन । २०७३ असार २३ गतेको उवासंघ इटहरीको चुनावमा स्वतन्त्र उमेद्वार भएर लढ्ला मादेनले बदर सहित गन्दा ९४८ मत ल्याए । दुइ प्यानलमा विभाजित व्यापारीक चुनावमा मादेन नै सबैभन्दा धेरै मत ल्याउने स्वतन्त्र उमेद्वार थिए ।
तीन बर्ष अगाडिको चुनावमा स्वतन्त्र उठेका मादेन असार १४ को चुनावमा भने शैलेश बिस्ट प्यानलबाट बाणिज्य सदस्य पदका उमेद्वार छन । पहिले स्वतन्त्र तर अहिले बरिष्ठ उपाध्यक्ष शैलेब बिस्ट प्यानलमा किन भन्ने प्रश्नमा मादेन भन्छन, ‘एक मुठि भन्दा १९ मुठि बलियो हुन्छ भनेर मैले १९ जनाको प्यानलमा जोडिएको हुँ ।’ व्यापारीको पक्षमा सदाबहार सक्रिय हुने युवा नेता बिस्ट र उनको समावेसी टिमले आफूलाइ उर्जा भरेर उमेद्वारी दिएको मादेनले बताए ।
परिवारका पहिलो डिग्रिधारी र पहिलो व्यापारी मादेन
झापाको हाल बिर्तामोड नगरपालीकामा पर्ने गरामनि ७ मा जन्मेका हुन मादेन । सामान्य किशान परिवारमा जन्मेका उनले स्थानिय महेन्द्र माबिकाट एसएलसी सकाए । ५ दिदीबहिनीका धनि तथा सामान्य पारिवारिक पृष्ठभुमिका मादेनले बिए तहको पढाइ मेजर इंलिस लिएर सके भने डिग्रि २०६३ सालमा समाजशास्त्रमा गरे ।
मेजर इंलिस पढ्ने र डिग्रि गर्ने घरका पहिलो सदस्य भएका मादेन व्यापारमा लाग्ने पनि पहिलो सदस्य भए । २०६३ सालमा डिग्रि सकेका उनले पर्यटन व्यवशायमा हात हाले । किशान परिवारका उनीसँग व्यवशाय गर्ने पैशा थिएन । जेठि दिदी निर्मला राईले सहयोग गरिन । ‘बेलायति सैनिकसँग विवाह भएकि दिदीले २०४७ सालमै इटहरीमा घर बनाउनु भयो र मेरो आउजाउ भयो’, इटहरीमा व्यवशाय सुरु हुनुको जरा बताउँदै मादेन भन्छन, ‘मैले पछि पहिलो व्यवशाय पनि यहिँबाट थाले । र, अहिले यहि सेटल भएको छु ।’
सनसाइन नेपाल टुर्स एन्ड ट्राभल, मादेन ट्रेड एन्ड सप्तायर्स ,मादेन रियल स्टेड एन्ड हाउजिङ ,मादेन कन्स्ट्रकसन प्राली ,नेचुरल इक्स्पर्ट इमपोर्ट प्रालि जस्ता विभिन्न व्यवशायीक संस्थाका स्वामित्व छ मादेनसँग । आफू परिवारको पहिलो पुस्ताको व्यवशायी र युवा व्यवशायी भएकाले नयाँ र युवा व्यवशायीको प्रतिनिधित्व गर्ने बताउँछन ।
उनी भन्छन, ‘म बंशज व्यापारी हैन तर व्यापारमा सबै तन, मन र धन दिएको मान्छे हुँ’, आफुले विदेश जाने विकल्प त्यागेर व्यवशायमै भविष्य देखेको बताउँदै मादेन भन्छन, ‘त्यहि भएर म व्यवशायीको लागी नेतृत्व दिन सक्छु भन्ने लाग्छ ।’
आफूले व्यवशायीको लागी ८० प्रतिसत र आफ्नो निजी व्यवशायमा २० प्रतिसत समय दिने उदेस्यसाथ चुनावी मैदानमा आएको मादेन बताउँछन । उनी भन्छन, ‘भोली वडाअध्यक्ष, मेयर वा माननिय हुने दाउमा चुनाव उठेको छैन । मात्रै व्यवशायीक हितमा यसको छाता संस्थामा रहेर काम गरौँ भनेर मात्रै हो ।’
चुनावी मुद्धाः व्यवस्थित घरबहाल कर देखी व्यवशायीक रात्रीबजार सम्म
व्यवशायीको घरबहाल, व्यवशाय बिमा देखी रात्रीकालिन बजारका मुद्धा स्वतन्त्र हुँदा देखिकै बोेकेको बताएका मादेनले यो चुनावमा प्यानलमा पनि सोहि मुद्धाहरु समेटिएका बताए ।
इटहरीमा व्यवस्थित घरबहाल कर देखी व्यवशायीक रात्रीबजार लगाउने कुरामा आफू र आफ्नो प्यानल लाग्ने बताएका मादेनले औद्योगिक ग्राम देखी अन्य बिजनेस हल सम्मका कुरा समेटिने बताए । उनले भने, ‘इटहरीका खास व्यवशायीहरुका खास समस्याको समाधान र सहि कुराको नेतृत्व दिन हाम्रो प्यानल र म दक्ष छौँ ।’