इटहरीः ३० वर्ष समेत नपुगेका फणिन्द्र मगरका बुबा १६ वर्षकै उमेरमा बितेका थिए । खोटाङमा जन्मेका उनले जसोतसो एसएलसी दिए । उच्च शिक्षाको पढाइ खर्च पुगेन । र, उनी खोटाङहलेसी सडक परियोजनामा सडक खन्ने मजदुरी गर्न थाले । सडक खन्ने मजदुरीको पैसाले नै उनलाई काठमाडौँ पुग्ने भाडा र त्यहाँ पढ्न जाने साहस दियो । काठमाण्डौ पुगेपछि नै उनले सहकारीमा जागिर गर्न थाले ।

२०६२ देखी आधा दशक बढी राजधानी काठमाडौँमा सहकारीका जागिरे मगर इटहरी आएर सहकारी सञ्चालक भए । हाल इटहरीको नाम चलेको सहकारीका नाम चलेका अध्यक्ष हुन फणिन्द्र मगर । औपचारिक नाम फणिन्द्र बहादुर पुर्वछाने (मगर) हो उनको । उनैले अगुवाइ गरेर २०६८ बाट इटहरीमा अम्बे बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका हुन । हाल उनी सहकारीको सञ्चालक समिति अध्यक्ष छन् ।

इटहरीको सहकारी क्षेत्रका युवा हस्ती मगर सहकारीसँगै अन्य व्यवशायमापनि जोडिएका छन् । मगर ब्रान्डेड फेसन वेयर, निर्माण क्षेत्रको लाफा सप्लासर्य एन्ड कन्ट्रक्सन कम्पनीको स्वामित्व पनि मगरकै हो । आफूले चुनाव जितेतमा साझा तथा मझौला व्यवसायमा ऋण प्रवाह देखी आफ्नो प्यानलका सबै बुँदाको अक्षरशः पालना गर्ने मगर बताउँछन् । भन्छन्, ‘हाम्रो प्यानल र घोषणापत्र बनाउनको लागी बनेको हैन । लेखेको कुरा लागु नै गरिनेछ ।’

संघर्षबाट सहकारी क्षेत्रहुँदै व्यवशायीक क्षेत्रमा हिँड्दै गरेका मगर वाणिज्यतर्फका लोकप्रिय पाँच उमेद्वारभित्र पर्ने व्यापारीहरूको भनाइ छ । असार १४ मा शैलेश बिस्ट प्यानलको वाणिज्यको क्रमसंख्या ८ का मगरलाई १५ गतेको दिन महत्त्वपूर्ण हो । कारण देखाउँदै उनी भन्छन्, ‘असार १५ गते मेरो जन्म दिन र सायद पहिलो उवासंघ चुनाव डेब्युको रिजल्ट पनि हो ।’