इटहरीः संखुवासभामा विहान १० बजे भएकाे विप्लव समुहसँगकाे दाेहाेराे गाेली हानाहानलाइ सुरक्षा निकायले गम्भिर रूपमा लिएकाे संकेत गरेका छन् । थप सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएकाे बारे जानकारी दिएका प्रदेश एकका प्रहरी प्रमुख डीअाइजी ठाकुर प्रसाद ज्ञवलीले एकिनसाथ सुरक्षाकर्मीकाे अांकडा भन्न नमिल्ने भएपनि सुरक्षा व्यवस्था बारे गम्भिर भएकाे संकेत गरे ।

प्रदेश पाेर्टलसँग कुरा गर्दै ज्ञावलीले कुनै पनि घटनालाइ सामान्य रूपमा लिने कुरै नभएकाे बताए । टेलिफाेन कुराकानीमा छाेटकरीमा जानकारी दिएका ज्ञावलीले सेनाकाे हेलिमार्फत सुरक्षाकर्मी पठाएकाे बताए ।

कति सुरक्षाकर्मी कति हाेलिकाेप्टरमा पठाउनु भएकाे हाे भन्ने जिज्ञाशामा उनले यति नै पठाइएकाे भन्ने बारे अहिले बाेलिहाल्न नहुने बताए । तर, संखुवासभा प्रहरीले भने तीन हेलिकाेप्टरमा शसस्त्र  र नेपाल प्रहरीका ३५ अधिकारी प्रदेश कार्यालयबाट अाएकाे पुष्टि गरेका छन् ।

संखुवासभामा पछिल्लाे समय विप्लव सम्बद्द पाटीका कार्यकर्ताकाे बाक्लाे उपस्थिति भएकाे भन्दै प्रहरीले निगरानी बढाउन थालेकाे छ । साेहि क्रममा हिजाे बेलुका होयङ्लामा पुगेका कार्यकर्तालाइ लक्षित गर्दै प्रहरीले पछ्याए पछि बिहान दाेहाेराे गाेली हानाहान भएकाे थियाे । प्रहरीले गाेली हानाहानमा परी दुबै पक्षकाे हताहती नभएकाे बताएकाे छ । डीअाइजी ज्ञावलीले पनि निकै टाढाबाट गाेली हानाहान भएकाे भन्द खासै केहि नभएकाे बताउँदै अाएका छन् ।

तर, प्रहरीकाे उच्च व्यवस्थासहितकाे तयारीबाट भने सुरक्षा निकाय चिन्तित बनेकाे र तयारी सामान्य रूपमा नरहेकाे भन्ने बुझिन्छ ।

नेपाल सरकारले नेत्र विक्रम चन्दले नेतृत्व गरेकाे दललाइ प्रतिबन्ध गरेकाे छ । उसले गर्ने राजनीतिक गतिविधिलाइ निस्तेज पार्ने उदेश्यसहित सरकार उसका कार्यकर्तालाइ जहाँ भेट्याे त्यहि पक्राउ गर्दै छ भने दाेहाेराे गाेली हानाहान भन्दै गाेली हानि ज्यान समेत लिने गरेकाे छ ।

पछिल्लाे समय सर्लाहीमा जिल्ला स्तरका नेताकाे प्रहरीकाे गाेली लागि ज्यान गएकाे थियाे ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310