इटहरीः संखुवासभामा अाज विहान भएकाे दाेहाेराे गाेली हानाहानमा विप्लव सम्बद्द कार्यकर्ताले अत्याधुनिक हतियार बाेकेकाे स्थानीयले जानकारी दिएका छन् । जिल्लाकाे हाेयङलामा अाइतवार बेलुका गाउँमा बसेका कार्यकर्ता र प्रहरीबिच जम्काभेट हुँदा दाेहाेराे गाेली हानाहान भएकाे थियाे ।

गाउँका धेरै मान्छे समेत विप्लव सम्बद्द दलमा रहेकाे हुँदा माअाेवादीले उक्त क्षेत्रलाइ अाधार बनाएर सैन गतिविधि गर्दै अाएकाे प्रहरीकाे ठहर छ । साे ठहरकाे अाधारमा नेता तथा कार्यकर्ता पक्राउ गर्न गएकाे प्रहरी टाेली र विप्लव कार्यकर्ताबिच गाेलि हानाहान भएकाे हाे ।

जिल्ला प्रशासन कायार्लयले भने थप सुरक्षाकर्मी परिचालन गरिएसँगै जिल्लाकाे सुरक्षाा अवस्था कडा पारिएकाे बताएकाे छ । सिडीअाे जीवन प्रसाद दुलाले उच्च हिमाली गाउँकाे सिसुवा क्षेत्रमा विप्लवका कार्यकर्ताले गतिविधि बढाएकाे सुचनाकाे अाधारमा खेाजी कार्य तीब्र पारीएकाे छ  ।

स्थानीयले भने प्रहरीले केहि कार्यकर्तालाइ प्रकाउ गर्न सफल भएकाे जानकारी दिएका छन् । तर, प्रशासनले भने अहिले सम्म कुनै कार्यकर्ता पक्राउ गरेकाे र बिहानकाे दाेहाेराे भिडन्तमा हताहती भएकाे बारे स्पष्ट जानकारी दिएकाे छैन ।