इटहरीः इटहरी उपमहानगरपालिका वडा अध्यक्ष श्रवण कुमार चाैधरी जुवा खेलीरहेकाे अवस्थामा पक्राउ परेका छन् । इटहरी १५ का वडाध्यक्ष चाैधरी दुवहीमा प्रकाउ परेका सुनसरी प्रहरी प्रवक्ता ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन्  

उनिसहित ५ व्यक्तीलाइ पक्राउ गरेकाे हाे । उनिहरूकाे साथबाट नगद २ लाख समेत बरामत भएकाे प्रहरीले जानकारी दिएका छ ।

प्रहरीकअनुसार उनिहरू दुहवी १२ मा रहेकाे गंगा चाैधरीकाे घरमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका-६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान-५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका-३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन् ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310