खादवारीःअत्याधुनिक हतियार एसएलआर राइफलसहित विप्लव सम्बद्द पाटीका एक कार्यकर्ता संखुवासभाबाट पक्राउ परेका छन् । सिलिचुङ गाउँपालिका वडा नम्बर १ होयाङ्लाबाट प्रहरीले जिल्लास्तरीय नेतालाई पक्राउ गरेको हो।

उनको साथबाट राइफलसहित, एसएलआर राइफलको एक थान म्यागजिन, एलएमजी राइफलको म्यागजिन, १ सय १० राउन्ड गोली र बम बिस्फोटमा प्रयोग हुने डेटकर्ड तार तीन मिटर बरामद भएको जिल्ला प्रहरीकाले पुष्टि गरेको छ ।

सोहि स्थानमा असार १६ गते विप्लव माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानपछि थप प्रहरी हेलिकप्टरमार्फत त्यहाँ पठाइएको थियो।