पथरीः मोरङको उर्लावारी र पथरी शनिश्चरे नगरपालिकाको सिमना सुनझोडा खोला किनारमा विहिवार विहान एक वेवारीसे शव फेला परेको छ । खोला किनारको पूर्व पट्टिरहेको फलैचामा एक व्याक्ति मृत अवस्थामा फेला परेका हुन । उनको हाल सम्म पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख राम तिम्सीनाले बताए ।

सो क्षेत्र उर्लावारी नगरपालिका वडा नम्वर ३ को नया मंगलवारे वजार उत्तर पट्टिको वनको क्षेत्र हो । शव पूर्व पश्चिम राजमार्ग देखि लगभग ५० मिटर उत्तरको फलैचामा विहान फेला परेको प्रहरीले जनाएको छ ।

शव फलैचा भित्र कोल्टे परेको अवस्थामा फेला परेको थियो भने नजिकै ओछ्याउन प्रयोग गरिने प्लाटिकको म्याट र खानको लागि प्रयोग गरिने केही चिउरा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको छ भने शव पहिचानका लागी आवश्यकीय कार्य थालनी गरेको प्रहरीले जनाएको छ ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310