भोजपुर सदरमुकाममा गोली चल्दा प्रहरीसहित २ जनाको मृत्यु

  • असार २५, २०७६
  • ११९८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

भोजपुरः भोजपुरमा नेत्रविक्रम चन्द समूह विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी जवान र विप्लवका कार्यकर्ता गरी २ जनाको ज्यान गएको छ ।

आज बुधबार बिहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत् प्रहरी जवान सञ्जीव राईलाई गोली हानेका हुन् ।

जवाफमा विप्लव कार्यकर्ता निरकुमार राईलाई पनि गोली लागेको थियो । भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सञ्जीव र विप्लव कार्यकर्ता निरकुमार राई दुवै जनाको केही बेरअघि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले पुष्टि गरेका छन् ।

खोटाङ जिल्ला घर भएका सञ्जीव प्रहरीको घुमुवा हुन् । लगातार वर्षात् भइरहेकाले अनुसन्धान कार्यमा बाधा पुगिरहेको प्रहरीले जनाएको छ । घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

निर्माण उपकरण जल ...

इटहरीः नेपाल निर्माण व्यवसायी महासङ्घले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण न ...

नेपाली भाषा,संस्कृति ...

इटहरीः उच्च शिक्षासंगै रोजगारका लागि नेपाली युवाहरु विदेशीन बाध्य छन् । कतिपय रहरले विदेशिएका छन् त ...

इटहरी प्रहरीका दुई ज ...

इटहरीः इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुईजना प्रहरी जवान पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भए ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved