इटहरीः नेपालबाट विश्वका विभिन्न भूगोलमा छरिएर साहित्य साधना गरिरहेका स्रष्टाहरूको साझा संस्था विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी भएका छन् । भारतमा रहेका परदेशी अध्यक्ष रहेको २३ सदस्य केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष ताइवानमा रहेका डाक्टर लेखनाथ काफ्ले भएका छन् । दुई उपाध्यक्षमा उपाध्यक्ष क्रमशः अमेरिकाका डेन्जोम साम्पाङ, इजराइलकि सावित्रा लुइँटेल घिमिरे चयन भएका छन् ।

अफगानिस्तानमा रहेका केदार सङ्केत महासचिव, इजराइलकि सुनिता राई कन्दङ्वा सचिव भएकी छिन भने आर्थिक सचिव भने नेपालका खगेन्द्र अधिकारी भएका छन् । सङ्गठन सचिव र साहित्य सञ्चार संयोजकमा भने क्रमशः क्यानडाका हरि सिवाकोटी र नेपालका रमेश कँडेल भएका छन् ।

यही असार २५ गते सर्वसम्मतले केन्द्रीय समिति चयन भएको हो । रसियामा रहेका कृष्णप्रकाश श्रेष्ठ संयोजक तथा अमेरिकामा रहेका मधु आचार्य र ब्रुनाइमा रहेका विश्वासदीप तिगेला सदस्य रहेको निर्वाचन समितिले सन २०१९ देखी २०२२ सम्मको लागी नयाँ समिति चयन गरेको विश्व नेपाली साहित्य महासङ्घले बताएको छ ।

यस्तैगरि, सदस्यहरूमा विजय हितान (यु.के), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मार), आर.एल. श्रमजिवी (बेल्जियम), मोहनराज खनाल (बर्मा), कल्पना पौडेल (नेपाल), दिलीप राई सगर (मलेसिया), अमित चाम्लिङ (कुवेत), लालबहादुर थापा ‘बगाले क्षेत्री’ (साउदी), के.बि. पौडेल (नेपाल), नवराज पोख्रेल (रोमानिया), ममता तामाङ (भुटान÷अमेरिका), भुवन रोका (जापान) आदि रहेका छन् ।

नवनिर्वाचित समितिको पद तथा गोपनीयताको शपथ भानु जयन्तीको अवसरमा असार २९ गते हुने बताइएको छ । विश्वभरका नेपाली साहित्यकार र साहित्यको साझा संस्था विश्व नेपाली साहित्य महासङ्घ मार्फत नेपाली भाषा र साहित्यमा आफ्नो कार्यकालमा केही राम्रा कार्यक्रमहरू सञ्चालन गर्ने अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले बताए ।

federation of world nepali literature pradeshportal.com