इटहरीः अत्यधिक बहाव भएपछि  राती १२ बजेपछि सप्तकाेशी नदिका सबै ५६ ढाेका खाेलिएकाे थियाे । अहिले बिहान ६ वटा ढाेका फेरि बन्द गरिएकाे छ ।सबै ढोका खोलिएको यो दोश्रो पटक हो ।

सन् १९६२ मा कोसी ब्यारेज निर्माण भएलगतै १९६४ मा ठुलो बाढी आउँदा ९ लाख ३४ हजार क्यूसेक पानीकाे बहाव थियाे । उक्त समयमा बाढी आउँदा त्यतिबेला सबै ५६ ढोका खोल खोलिएको थियो । तर, कोसी बालुवा बोक्ने एसियाकै दोश्रो ठूलो नदी रहेकाले अहिले ४ लाख क्यूसेक बहाव पुग्नासाथ पुल छुन लाग्छ, यस्तो अवस्था आयो भने पुलमाथि बहाव बग्ने खतरा आउनसक्छन् ।

गएराती सप्तरीस्थित कोसीको पश्चिमी तटबन्धको भारदह, योगिनियाँ र डलुवामा कटान लाग्न थालेको र बहाव अत्यधिक भएपछि राती केही घण्टाकालागि कोसीको सबै ५६ वटै ढोका खोलिएको कोसी ब्यारेज नियन्त्रण गर्ने निकाय बिहारस्थित जलसंशाधन विभागका इन्जिनियर लाला दासले जानकारी दिए ।