ताप्लेजुङः सादा पोशाकको प्रहरी हुँ भन्दै धम्की दिँदै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ रोशन शेर्पा धरौटीमा छुटेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ का उनी ८ हजार रुपैयाँ बुझाएर तारिकमा छुटेका छन् ।

असार २ गते करणीसम्बन्धी मुद्दाको बकपत्र प्रयोजनका लागि आइरहेका सरकारतर्फका साक्षीहरूलाई बाटोमा नै रोकेर अभद्र व्यवहार गरेको कसुरमा शेर्पा पक्राउ परेका थिए । अभद्र व्यवहार गरेको कसुरमा शेर्पामाथि मुद्दा चलाई जिल्ला प्रशासन कार्यालयमा पेश भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शेर्पाले फुङलिङको कोप्चेमा पर्ने बाटोमा हिँडिरहेका सरकार पक्षका साक्षीहरूलाई बाटैमा छेकेर तपार्इँहरू बकपत्र गर्न नजानुहोस, बाहिर नै मिलाउनुपर्छ, म सादा पोशाकको प्रहरी हुँ, पिडीति पक्षलाई के कति रकम चाहिन्छ, म न्याय दिलाइदिन्छु भन्दै धम्की दिनुका साथै अभद्र व्यवहार गरेका थिए ।