उर्लाबारीः बक्राहा खोलाबाट विस्थापित बनेका मोरङको उर्लाबारी–८ सन्थाल टोलका ६ परिवारलाई राहत वितरण गरिएको छ ।
सोमबार उर्लाबारी–७ की ममता राना र सीता राईले बाढी पीडितलाई प्रतिपरिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल र नुन प्रदान गरेका हुन् । बाढी पीडितलाई खानपानमा समस्या नहोस् भन्ने हेतुले सहयोग गरेको रानाले बताइन् ।
विपतका बेला सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । राहत वितरण कार्यक्रममा उर्लाबारी वडा नं. ८ का सदस्य लक्ष्मी ढुङ्गाना, अग्नि सुब्बा, स्थानीय युवा नारायण बस्नेत, इन्द्र लामालगायतको उपस्थिति रहेको थियो ।