विराटनगरः विराटनगर महानगरपालिकामा गत साउन २७ गते भएको बम बिस्फोट सेवाग्राही बनेर गएका व्यक्तिबाट भएको देखिएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाका ३ जना आरोपितहरूलाई सार्वजनिक गर्दै यस्तो बताएको हो ।
महानगरको सिसी क्यामेराले काम नगरेपछि सडकको सिसी क्यामेराले कैद गरेको फुटेजबाट यस्तो पत्ता लगाएको मोरङ प्रहरीले बताएको छ ।
प्रहरीले आइतबार सार्वजनिक गरेकाहरूमा सिराहाको खुशीपुर नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय रामरिझन यादव, मोरङको जहदा गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय मनोजकुमार सिंह र सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय अभिमन्यु गिरी छन् ।
पक्राउ परेकाहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।