इटहरीः उद्योग वाणिज्य संघ इटहरीको छब्बिस बर्से इतिहासमा पहिलोपटक महिलाहरू पदाधिकारी भएका छन् । पदाधिकारी हुनेमा वाणिज्य सचिवमा शोभा कोइराला सविना र कोषाध्यक्षमा गायत्री कटवाल भण्डारी रहेका छन् ।

२०५० सालमा स्थापना भएको उद्योग वाणिज्य संघ इटहरीको पदाधिकारीमा परेकी भण्डारी उवासंघकि पूर्व सदस्य हुन भने कोइराला नयाँ अनुहार हुन ।


गायत्री कटवाल भण्डारी 

उद्योग वाणिज्य सङ्घमा सबैभन्दा धेरै २७२२ मत ल्याएर विजयी भएकी महिला उम्मेदवार हुन भण्डारी । विगत २९ वर्षदेखि व्यवसायमा सक्रिउ भण्डारी इटहरीको रेडिमेड व्यवसायी संघकि अध्यक्ष समेत हुन । इटहरी लेडि जेसिसको पूर्व कार्यकारी महिला उपाध्यक्ष भण्डारी जिफोर कलेक्सनकि प्रोपाइटर पनि हुन ।

आफ्नो व्यवसाय जति सक्रिय छिन भण्डारी अरूको व्यवसायमा समस्या आउँदा सहयोग गर्नेमा पनि उतिकै सक्रिय छिन । गत वर्ष एसके ट्रेडर्समा आगलागी भए पनि घरबहाल बापतको तीन महिने रकम छुट गराउने भण्डारी सक्रिय बनिन । बिपत्तको समयमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने देखी आफ्नै सक्रियतामा राहत सङ्कलन तथा वितरणमा भन्डारीले नेतृत्व गर्दै आएकी छिन ।

शोभा कोइराला (सविना)

इटहरीमा अप्रत्यक्ष रूपमा डेढ दशक देखि र प्रत्यक्ष रूपमा विगत एक दशक देखी सक्रिय व्यवसायमा हुने नाम हो शोभा कोइराला (सविना) । उनले उवासंघ चुनावमा २६१९ मत ल्याएकी थिइन । कोइराला इटहरीबाट प्रसारित प्रदेश १ को चर्चित सप्तकोशी एफएमको पुरानो एक ब्रान्डेड रेडियो प्रस्तोता पनि हुन । कोइराला इटहरीबाट प्रकाशन हुने सूचना र सञ्चार साप्ताहिक प्रकाशन गर्ने समूह एक्टिब नारी प्रकाशन समूहकी अध्यक्ष हुन । काव्य  टे«डर्स इटहरीकी प्रोपाइटर कोइरालाले स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन भने रोटरी क्लब देखी रेडक्रस जस्ता विभिन्न सक्रिय सामाजिक संस्थाहरूको लिडिङ भूमिकामा उनी देखिँदै आएकी छिन ।

को को परे ८ सदस्य पदाधिकारीमा?

आठ सदस्य पदाधिकारीमा अध्यक्ष भीम बहादुर पौडेलले निम्न नामहरूलाई विभिन्न पदमा चयन गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल
उद्योग उपाध्यक्ष लक्ष्मण हुमागाई
वाणिज्य उपाध्यक्ष अनिल सुब्बा (काका)
महासचिव पीताम्बर पोखरेल
उद्योग सचिव विष्णु डाँगी
वाणिज्य सचिव शोभा कोइराला (सविना)
कोषाध्यक्ष गायत्री कटवाल भण्डारी

fncci itahari pradeshportal.com

यी हुन ११ समितिका ११ संयोजकहरू

गत असार १४ गते भएको उवासंघ इटहरीको निर्वाचनको परिणाम आएपछि बिहीबार पदस्थापन हुँदा विभिन्न ११ कार्यसमिति सदस्यहरूलाई विभिन्न ११ समितिको संयोजक तोकिएको छ। यी हुन एघार समितिका एघार संयोजकहरुः


भवन निर्माण समिति संयोजक विष्णु प्रसाद रिजाल
सहकारी सञ्चालन समिति संयोजक नवराज काफ्ले
पर्यटन, वातावरण तथा सूचना प्रविधि समिति संयोजक जीवन पराजुली
बजार अनुगमन समिति संयोजक उमानाथ दाहाल
मेला महोत्सव समिति संयोजक सुदिप घिमिरे
व्यवसायिकता बिमा कार्यान्वयन समिति संयोजक खगेन्द्र बिमली
कर तथा राजश्व समिति संयोजक मुक्ति दाहाल
नेपाल भारत भन्सार समन्वय समिति संयोजक राजु राय
अन्तर जिल्ला उवासंघ समन्वय समिति संयोजक राम कुमार श्रेष्ठ
बैङ्क तथा वित्तीय संस्था समन्वय समिति संयोजक असोज अग्रवाल
बस्तुगत सङ्घ समन्वय समिति संयोजक बलराम भण्डारी