धरानः इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले साउन २ गते राति ९ बजे धरान–१० कलेज रोडबाट ३ जनालाई पक्राउ गरेको छ ।

शङ्कास्पद अवस्थामा हिँडिरहेका धरान– ६ का २४ वर्षीय हर्क कालीकोटे, धरान– ८ का २५ वर्षीय सन्तोष राई र धरान– १९ का २४ वर्षीय राहुल राईलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । उनीहरूको साथबाट डाइजेलाप १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, एभिल १८ एम्पुल फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका ३ जनालाई नै शुक्रबार लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।