ताप्लेजुङः ताप्लेजुङका दुई फरक स्थानमा २ जना किशोरी करणी गरेको आरोपमा पक्राउ परेका २ जनाविरुद्ध करणीसम्बन्धी मुद्दा दर्ता भएको छ ।

फुङलिङ नगरपालिका–५ मा डेरा गरी बस्ने १५ वर्षीया किशोरीलाई फकाईफुल्याई असार २५ गते करणी गरेको आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरमाथि करणीसम्बन्धी कसुर मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै, आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा १५ वर्षीया किशोरीलाई विभिन्न प्रलोभनमा पारी असार २८ गते करणी गरेको आरोपमा झापाको दमक नगरपालिका–१ सुकुम्बासी टोलका ३८ वर्षीय दुर्गा मगर पक्राउ परेका छन् । उनीमाथि पनि करणी कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।