बिर्तामोडः झापाको बिर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । बिर्तामोडमा फ्ल्याट भाडामा लिएर आपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।
प्रहरीले बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिसन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलामको फाकफोकथुम गाउँपालिका – १ घर भई हाल बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया जया खान भनिने ऋतु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बताए ।