बिर्तामोडः २० वर्षीया जया खानको वास्तविक नाम ऋतु फियाक होे । उनले आफू जया खान भएको बताउँदै इमोबाट भिडियो कल गर्दै १ व्यवसायीलाई साँझको समयमा भेट्न बोलाइन् । गत असार २८ गतेदेखि बारम्बार भिडियो कल गरी बोलाएपछि साउन १ गते ती व्यापारी ती युवतीलाई भेट्न पुगे ।

युवतीसँग भेट भएपछि साथीको कोठामा जाऔं भन्दै युवतीले व्यपारीलाई ४ तले घरमा पु¥याउँछिन् । त्यसपछि अन्य ३ जना युवा पुगेर व्यापारीलाई नाङ्गै बनाएर कुटपिट गर्नुका साथै व्यापारीको नग्न भिडियो बनाउँछन् । त्यसपछि ५० लाख रुपैयाँ नदिए नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने भन्दै उनीहरूले धम्क्याउँछन् । व्यापारीले ४० लाख रुपैयाँ साउन ५ गतेभित्र दिने बताएपछि व्यापारी उनीहरूको पञ्जाबाट उम्किन्छन् ।

त्यसपछि ५ गतेसम्म ती व्यापारीलाई बारम्बार रकम माग गरेपछि उनले प्रहरीलाई गुहारे । इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनामा संलग्न गिरोहलाई पक्राउ गरेको छ । उनीहरूले बिर्तामोडमा फ्ल्याट भाडामा लिएर आपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रहरीले बिर्तामोड–४ मा मोटरसाइकल रिकण्डिसन व्यवसाय सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलामको फाकफोकथुम गाउँपालिका – १ घर भई हाल बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया जया खान भनिने ऋतु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापाका अनुसार प्रहरीले उनीहरूको साथबाट लागूऔषध पनि बरामद गरेको छ ।

बा.१५ च ७३३९ नम्बरको कारसहित प्रहरीले स्कुफ लेखिएको १०० मिलिलिटरको ३ बोतल, प्रोप्रानोल १ पत्ता, निट्रोसन १ पत्ता, कालो बोतल १ थान बरामद गरेको हो । अपहरण गरी फिरौती माग गर्नेलाई शरीर बन्धक तथा लागूऔषध कारोबारीमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले बताए । घटनामा संलग्नलाई लागूऔषध र शरीर बन्धक दुवै गरेर १७ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

सो घटनामा संलग्न रहेका सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर फरार अभियुक्त रहेको प्रहरीको भनाइ छ । ०७४ सालमा २ जना महिलालाई जबर्जस्ती यौनधन्दामा लगाएकाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उनलाई जिल्ला अदालत झापाले १० वर्ष कैद सुनाएको थियो ।

40 lakh photo2 40 lakh pic33