विराटनगरः विगत ५१ वर्षदेखि विराटनगरमा प्रदर्शन गरिँदै श्रीकृष्णको रथयात्रा यस पटक प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।
तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा विशेष पूजाअर्चना गर्दै मन्त्री राईले सबैलाई धार्मिक एकतामा बाँध्दै मानव जातिको शान्तिको कामना गरेका छन् ।
तीनपैनीबाट शुरु भएको रथयात्रामा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, पर्यटन मन्त्री जगदीश कुसियत, विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको सहभागिता रहेको छ । उच्च सुरक्षा व्यवस्थाका साथ शुरु भएको रथयात्रालाई ड्रोन क्यामेराबाट विशेष निगरानी गरिएको छ । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भनिए पनि हेलिकप्टर नआएका कारण पुष्पवृष्टि भने गरिएन । 40768246_243263719723253_7596629186102427648_n
रथयात्रामा हजारौँ भक्तजनको सहभागिता रहेको छ । विभिन्न जातजातिका झाँकी प्रस्तुत गरी रथयात्रालाई थप रोमाञ्चक बनाइएको छ । विभिन्न ब्याण्ड बाजा तथा विभिन्न संस्थाका सांस्कृतिक प्रस्तुतिले समेत रथयात्राको शोभा बढाएको छ ।
अहिले तीनपैनीबाट शुरु भएको रथयात्रा जलजलामोडबाट अघि बढेको छ । बरगाछी हुुँदै पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुुगेर रथयात्रा समापन हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष बाबुुराजा ओझाले जानकारी दिए ।

40611741_327194218036691_848811358756536320_n