इटहरीः गत असार १४ गतेको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा शनिवारको पक्षमा २८३३ मतसहित सबैभन्दा धेरै मत पायो । बिहीबार कायम गर्ने पक्षमा भने १७७४ मत मात्रै आयो ।

इटहरी बिहीबार कि शनिवार बन्द गर्ने भनेर भएको व्यापारिक जनमत सङ्ग्रहमा शनिवारले जित्यो । तर, जनमतपछिका लगातारका चार हप्ता बिहीबारै बजार बन्द भएको छ ।

१४ गते पछि आएका १९ र २६ गतेका दुवै बिहीबार इटहरी बजार बन्द भयो । श्रावण २ गते बिहीबार नयाँ निर्वाचित समितिले पदस्थापना गरेको दिन पनि बजार बन्द थियो । पदस्थापना पछिको आजको बिहीबार पनि बजार बन्छ देखिएको छ ।

जनमतमा शनिवार देखिएपनि किन बिहीबारै बन्द भएको छ । यस बारेको प्रश्नमा उवासंघकि कोषाध्यक्ष गायत्री कटवाल भण्डारीले व्यापारीमा अन्यौल रहेको बताइन । भनिन, ‘चुनावमा शनिवारको पक्षमा धेरै मत आएपनि प्रचलनमा बिहीबार भएकोले धेरैमा अन्यौल देखिएको छ ।’

चाडपर्व नजिकै आइरहेकोले उवासंघले बन्दमा कडाइ नगरेको उनले प्रदेश पोर्टल डटकमलाई बताइन । भनिन, ‘पदस्थापनपछिको हाम्रो बोर्ड बैठकले छठ पर्वपछि मात्रै बन्द कायम गर्ने निर्णय भएको छ ।’

itahari bajjaar pradeshportal.com