इटहरीः इटहरी–२ निवासी सुवास दङ्गालकी श्रीमती कमला दङ्गाल हराएपछि खोजी गरिदिन सुवासले आग्रह गरेका छन् । कोठा भाडा लिएर इटहरी–४ पानीट्याङ्की छेउ सुवास, ४ वर्षीय छोरा र कमला बस्दै आएका थिए ।

गत साउन ४ गते कोठाबाट तालतलैयास्थित घर जाने भन्दै निस्किएकी कमला हालसम्म घर पनि नपुगेको र कोठामा पनि नफर्किएको सुवासले बताए ।

हालसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजीका लागि आग्रह गरिएको सुवासले बताए । सुवासका अनुसार दम्पत्तिबीच हालसम्म मनमुटाव पनि भएको थिएन । ‘के कति कारणले घर छोडेर हिँडेको हो थाहा छैन’, सुवासले भने ।