विराटनगरः नगद १३ लाख र अन्य सरसामान चोरीमा संलग्न मोरङको कटहरी गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । सो गाउँपालिकाको वडा नम्बर १ बस्ने २० वर्षीय सुरज कामतलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
साउन ७ गते विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट उनले नगद १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
पक्राउपछि तलासी उनको साथबाट चोरी गरेको नगद रु.३ लाख ८१ हजार र रु. १ लाख ५ हजार पर्ने सामसुङको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो मोबाइल चोरी गरेको रकमबाट किनेको अनुसन्धानबाट खुलेको र उनको विषयमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी राजकुमार खिउजूले बताए ।