इटहरीः सार्वजनिक शौचालय बनाउन इटहरीको निजी क्षेत्रले नगरपालिकासँग जग्गा माग गरेको छ । औपचारिक पत्रमार्फत इटहरी उपमहानगरपालिकासँग उद्योग वाणिज्य सँघ इटहरीले जग्गा माग गरेको हो ।

जग्गा उपलब्ध गराएमा सङ्घले सार्वजनिक शौचालय बनाइदिने प्रतिबद्धता व्यक्त गरेको छ । इटहरीमा सार्वजनिक शौचालय नभएको भन्दै चौतर्फी आलोचना हुने गरेका छ ।

सङ्घका अध्यक्ष भीमबहादुर पौडेलले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय बनाउने निर्णय गरेको बताए । नगरले उपयुक्त जग्गाको छनोट गरेर यकिन गरेको खण्डमा शौचालय बनाइदिने बताए ।