इटहरीः विराटनगर– ६ का ४१ वर्षीय वसन्त राजवंशी मानव बेचबिखन तथा बलात्कार मुद्दाका फरार अभियुक्त थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले आज पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।