इटहरीः विदेशबाट आयात गरिएका वस्तुको मूल्यमा उपभोक्ता ठगिने गरेको पाइएपछि सरकारले एक दर्जन वस्तुको खरीदमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य तोक्ने भएको छ ।

ती वस्तुको मूल्यसूची भन्सार विभागको वेबसाइटमै राखिने भएको छ । यो व्यवस्थापछि व्यवसायीले भन्सार बिन्दुमा घोषणा गरेको मूल्यभन्दा बढी मूल्यमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गरेमा कालोबजारी गरेको ठहरिई सोहीअनुसार कारवाही हुनेछ ।

यी हुन् सरकारले अधिकतम खुद्रा मूल्य तोक्ने १ दर्जन वस्तु
१.सबै प्रकारका टेलिभिजनहरू
२. घरायसी एयर कन्डिसन
३. घरायसी रेफ्रिजेरेटर
४. घरायसी वासिङ मेसिन
५. माइक्रो ओभन
६. सबै प्रकारका इनर्जी ड्रिङ्क्स
७. मार्बल, ग्रेनाइट र टायल्सहरू
८. कुकिङ रेन्ज
९. भान्सामा प्रयोग हुने चिम्नी
१०. डिजिटल क्यामराहरू
११. भिडियो क्यामराहरू
१२. सवारी साधन