भोजपुरः ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुरमा प्रहरीले एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
हतुवागढी गाउँपालिका वडा नं. २ का १३ वर्षीय किशोरले आमचोक गाउँपालिका वडा नं. ६ देवानटारकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
साउन १५ गते घरनजिकै रहेको जङ्गलमा बालिका गोठालो गएको मौका पारेर ती बालकले बलात्कार गरेको र भोलिपल्ट बालिकाले घरमा आमालाई सुनाएको प्रहरीले जनाएको छ । बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएपछि आरोपित किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
पीडित बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।