विराटनगर/  चर्चित  साढे ३३ केजी सुन घाेटलाका अर्का अभियुक्त छिरिङ्ग घलेले माेरङ जिल्ला अदालतमा अात्मसमर्पण गरेका छन् । अदालतका कर्मचारीले दिएकाे जानकारीअनुसार घलेले अधिवक्ता सराेज अधिकारीमार्फत बिहान ११ बजे अदालतमा हाँजिर जाहेर गरेका हुन ।

उनलाइ अाजै कर्मचारीले बयान लिइरहेका छन् । उनकाे बयान अाजै सकिए थुनछेक बहस हुनेछ । अदातलकाे अादेशअनुसार उनलाइ के गर्ने भन्ने निर्णय हुने प्रहरीले जानकारी दिएकाे छ । उनि सुन घाेटलाका ठुला तस्कार भनिने भुजुङ गुरूङका नातामा साला पर्छन ।