विराटनगरः ग्रामथान गाउँपालिकामा चोरी घटनामा संलग्न १ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार साढे ९ बजे राति पक्राउ गरेको छ । लागत नं.६५९४, चोरी अन्य मुद्दामा अदालतबाट उनलाई ०७३ साल असार १० गते ११ दिन कैद र २३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

ग्रामथान गाउँपालिका वडा नं.–६ बनिगामा बस्ने २४ वर्षीय योगेश राईलाई इलाका प्रहरी कार्यालय हरैंचाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिई गई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।