बिर्तामोडः आज बिहान साढे ४ बजे झापाको विर्तामोड नगरपालिकाका ३ ओटा वडाको संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ । वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा भएको बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् ।
कार्यालयको ५० मिटर वरपर रहेका घरका झ्यालका समेत सिसा पनि फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठले बताए । बिस्फोट भएको बम प्रेसर कुकर बम हुन सक्ने उनले बताए । घटनामा कसको संलग्नता छ भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए ।