बेलबारी: एक बालिकालाई भारतमा लगेर अवैध काम लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । १५ वर्षीय वालिकालाई भारतको पन्जाब पुर्याएर अवैध काममा लगाएको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–४२ वर्षीय गीता ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

केही समयदेखि भारतमा गई लुकीछिपी गरेर बस्ने उनी घर आएको मौका छोपी गीतालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।
गीतासहित बालिकालाई भारत पु¥याउन सुनवर्षी नगरपालिका–९ का २५ वर्षीय रोहित ऋषिदेव, ४३ वर्षीय विजली ऋषिदेव, २१ वर्षीय छुटरु भनिने कैलाश ऋषिदेव, २० वर्षीय गोविन्द ऋषिदेव, ३५ वर्षीय दीपचन्द ऋषिदेव, ३५ वर्षीय भागो ऋषिदेव, २० वर्षीय सागर ऋषिदेव र ३२ वर्षीय श्रीचन्द ऋषिदेव संलग्न रहेको प्रहरीले जनाएको छ ।

रोहित र विजली गीताका छोरा र पति हुन् । पक्राउ परेकी महिला विरुद्ध सोमबार अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दाहालकाअुनसार २०७५ फागुन २ गते घरबाट हराएकी बालिकालाई जबरजस्ती भारत पु¥याउने काममा नौ जनाको संलग्नता देखिएको छ । साढे ५ महिनापछि बालिकालाई भारतीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको दाहालले बताए ।

बालिकाले आफूलाई जबरजस्ती भारतको पन्जाब पु¥याएर बन्धक बनाउँदै यौन धन्दामा लगाएको बताएपछि घटनामा संलग्न विरुद्ध अभिभावकले किटानी जाहेरी दिएका छन् । जाहेरी दिएपछि गीता पक्राउ परे पनि अन्य आठ जना भने भारततिर फरार रहेको दाहालको भनाइ छ ।