इटहरीः कतारको दोहामा मङ्गलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

सो घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ । घाइतेको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । ५ जना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । घाइतेहरू इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।
घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासतमुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन्