इटहरीः इटहरीको दुर्गा पार्टी प्यालेसमा आजबाट तीज विशेष सिर्जनशिल महिला उद्यमी मेला सुरु भएको छ । तीन दिने मेलाको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गरेर सुरु भएको हो ।

mahilaa melaa itahari pradeshportal.com (2)

कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभिन्न जनप्रतिनिधिहरूको सहभागिता भएको कार्यक्रममा देशभरमा ८१ स्टलहरू सहभागी भएको कार्यक्रम संयोजक रन्जु सिग्देले बताइन ।

mahilaa melaa pradeshportal.com 111 main

नेपाल उद्यमशील महिला सङ्घ सुनसरीले महिला सिर्जनशिल केन्द्र काठमाण्डौको सहकार्यमा आयोजना गरेको मेलामा अत्यधिक सहभागिता भएको सिग्देलले बताइन । उनले भनिन, ‘हामीले विभिन्न ६० स्टलको अपेक्षा गरेका थियौँ तर स्टल सङ्ख्या ८१ पुगेको छ ।’ मेलामा प्रदेश १ भरिका स्टलहरू समेटिएको सिग्देलले बताइन । ८१ स्टलहरुमा नेपाल सरकारको मन्त्रालयबाट राहतमा चलेका उद्यमिहरुका १० स्टलहरु भएको उनले बताइन । 

नेपाली नारीहरूको महान् चाड तीजको अवसरमा महिला उद्यमीले उत्पादन र नेतृत्व गरेका उत्पादनहरूको प्रदर्शन गर्न आयोजित मेलाको पहिलो दिनमै उत्साहजनक कारोबार भएको नेपाल उद्यमशील महिला सङ्घ सुनसरी सचिव रन्जु सिग्देलले बताइन । उनले भनिन, ‘आज पहिलो दिनको कारोबार मात्रै ५ लाख बढी भएको छ ।’

pradeshportal.com thammaya thapa mahilaa mantri nepall