भोजपुरः भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ की १३ वर्षीया किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियाका ३१ वर्षीय योगेन्द्रबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । बिकले गत साउन २८ गते राति जनश्रम प्राथमिक विद्यालय जरायोटारमा लगेर किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

किशोरीलाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बिकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।