भोजपुरः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भोजपुर जिल्ला अदालतले छाड्ने आदेश दिनासाथ पक्राउ परेका छन् । बुधबार ६० हजार धरौटीमा उनलाई रिहा गर्ने आदेश अदालतले दिएको थियो । आदेश लगत्तै उनले अदालतमा धरौटी रकम पनि बुझाएका थिए ।
उनीविरुद्ध दर्ता भएका बम बिष्फोट, ज्यान मार्ने उद्योग मुद्दामा जनही २५ हजार रुपैयाँ र आगजनीमा १० हजार रुपैयाँ धरौटी माग भएको जिल्ला अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बताए । उनीविरुद्ध दाङमा अर्को मुद्दा रहेकाले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । अब उनलाई दाङ लगिने सम्भावना रहेको बुझिएको छ ।