इटहरीः बुधबार नेप्से सूचक बुधबार २३.८९ अङ्कले बढेर १२३४.१३ अङ्कमा पुगेको छ । बजार १.९७ प्रतिशतले बढेको हो । १ सय ६७ कम्पनीको ७१ करोड २० लाख १६ हजार ३ सय ६ रुपैयाँको सेयर कारोबार भएको थियो ।
जम्मा २३ लाख ७२ हजार ३ सय ६३ कित्ता सेयर ७ हजार ९ सय ३ पटक किनबेच भएका थिए । सबै ११ समूहका १ सय ६७ कम्पनीको सेयर कारोबार हुँदा २ वटा समूहका सूचक तल झरेका छन् । उत्पादनमूलक समूहमा १.६३ प्रतिशतले गिरावट आउँदा व्यापार समूहमा १.३५ प्रतिशतले गिरावट आएको छ ।
जलविद्युत समूहमा सबैभन्दा धेरै २.८८ प्रतिशतले सुधार आउँदा माइक्रोफाइनान्स समूहमा २.८३ प्रतिशतले सुधार आएको छ । अन्य समूहमा भने सबैभन्दा धेरै ०.९३ प्रतिशतले सुधार आएको थियो ।

कारोबार रकममा कुमारी बैंक अघि
बुधबारको बजारमा सबैभन्दा धेरै कुमारी बैंकको ४ करोड ९० लाख ८६ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ । एनएमबी बैंकको ४ करोड ५१ लाख १२ हजार ४ सय ३३ रुपैयाँको सेयर किनबेच हुँदा एनआइसी एशियाको ३ करोड ४९ लाख ५९ हजार ८ सय ६४ रुपैयाँको सेयर किनबेच भएको थियो ।

कुमारीको २ लाख १४ हजार कित्ता सेयर किनबेच
बुधबार सेयर सङ्ख्याको आधारमा पनि कुमारी बैंक नै अघि रहेको छ । सो बैंकको २ लाख १४ हजार ७ सय ३० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबीको १ लाख ३५ हजार ६ सय २९ कित्ता सेयर किनबेच हुँदा जनता बैंकको १ लाख २७ हजार ३ सय ७ कित्ता सेयर खरिद भएको छ । अन्य सबै कम्पनीको १ लाख भन्दा कम कित्ता सेयर कारोबार भएको छ ।

कारोबार सङ्ख्यामा पनि कुमारी नै अघि
बुधबार कारोबार सङ्ख्यामा पनि कुमारी बैंक नै अघि देखिएको छ । कुमारीको ५ सय १८ पटक कारोबार हुँदा एनमबीको ३ सय ३३ पटक र एनआइसी एशियाको २ सय ४९ पटक सेयर कारोबार भएको छ ।

२ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो
बुधबार काबेली विकास बैंक र हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशत हाराहारीले बढेको छ । १५ वटा कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी रहेको छ ।

सम्पत्ति गुमाउनेमा युनिलिभर
बजार बढे पनि युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतले सम्पत्ति गुमाउँदा गुह्येश्वरी मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतले र विशाल बजार कम्पनीका लगानीकर्ताले २ प्रतिशतले सम्पत्ति गुमाउन पुगे ।
कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये जम्मा १३ वटा कम्पनीको मूल्य घट्दा ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ६९ अर्ब कायम भएको छ ।