इटहरीः सामाजिक सञ्जाल र अनलाइन अभ्यस्तता बढेसँगै बढेको साइबर अपराध र सहरिया युवाहरूमा बढ्दो लागु औषध दुर्व्यसनी अन्त्य गर्न इटहरीमा आज एक कार्यक्रमको आयोजना भएको छ । इटहरी ९ को कोसी कलेजमा भएको कार्यक्रममा विभिन्न सात कलेजहरूका २१६ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

इटहरीका कोसी , कस्तुरी, पिसजोन, सिबि, इटहरी नमुना, प्रिमियर होटेल स्कुल, सुस्मा गोदावरी कलेजहरूका विद्यार्थीहरू सहभागी भएका थिए । साइबर क्राइमको विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेल र लागु औषध दुर्व्यसनीको बारेमा पूर्व प्रयोगकर्ता र हाल दुर्व्यसन विरुद्ध अभियानमा सक्रिय विराटनगरका सञ्जीव चापागाईले दिएका थिए ।

jaycess  itahari pol,ice dsp samirchandra kharel pradeshportal.com cyber crime police officer nepal

डिएसपी खरेलले साढे एक घण्टा र चापागाइले एक घण्टा विद्यार्थीहरूलाई तालिम दिएको कार्यक्रका संयोजक तथा आयोजक इटहरी जेसिसका उपाध्यक्ष नवीन कटवालले बताए । साइबर क्राइम के हो, यसका काननि सजायहरू के छन् र दुव्र्यशनीहरुको समस्याको निराकरण के हो बारेमा विद्यार्थीहरूलाई प्रहरी र विज्ञले जानकारी दिएको कटवालले बताए । उनले भने, ‘हेर्दा सामान्य लाग्ने तर साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउने उद्देश्यले गरिएको कार्यक्रम सफल भएको छ ।’

jaycess  navin katwal pradeshportal.com

शुक्रवारबाट सुरु भएको जेसिस सप्ताह कार्यक्रम अन्तर्गत साइबर क्राइम तथा दुर्व्यसनी सचेतना कार्यक्रमको आयोजना भएको आयोजकको भनाइ छ । इटहरी जेसिस सप्ताहको पहिलो दिन शुक्रवार इटहरीको सेन्ट्रल प्लाजा अगाडि गाईजात्रा कार्यक्रम भएको थियो भने शनिवार इटहरीको बिग फुटसलमा फुटसल प्रतियोगिता भएको थियो ।