इटहरीः भारततर्फ तस्करी हुन लागेको अवस्थामा मोरङमा बरामद गरिएका सुनगोहोरालाई बेतना सिमसारमा सुरक्षित छाडिएको छ । १२ वटा सुन गोहोरोसहित मोरङमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

सुनगोहोरोसहित पथरीशनिश्चरे–६ का ५९ वर्षीय जसबहादुर धिमाल पक्राउ परेका थिए । डिभिजन वन कार्यालय मोरङलाई जिम्मा लगाइएको सुनगोहोरो बेलबारीको बेतना सिमसार क्षेत्रमा छाडिएको वन कार्यालयले जनाएको छ ।

लोपोन्मुख घस्रने वन्यजन्तुको सूचीमा पर्ने सुनगोहोरोलाई पक्राउ गर्न तथा अन्यत्र ओसारपसार गर्न पाइँदैन । यसको छाला, बोसो र मासुको लागि तस्कारी हुने गरेको वन अधिकृत दीपक पोखरेल बताउँछन् ।