विराटनगरः एनआईसी एसिया बैङ्कले विभिन्न आकर्षक योजना ल्याएको छ । सुपर चमत्कारिक बचत निक्षेप योजना नाम दिइएको उक्त स्किममा थप एक लाख ग्राहक थप्ने योजना रहेको प्रदेश एकका प्रमुख दीपक थापाले जानकारी दिए ।
विराटनगरस्थित पत्रकार महासङ्घ माेरङकाे सभाहलमा अायाेजित पत्रकार सम्मेलनमा थापाले छाेटाे समयमा एनअाइसी बैङ्क देशै भर अधिक शाखा हुने बैँककाे रूपमा रहेको बताए । नयाँ नयाँ योजना ल्याइरहेको बैङ्कले यो पटक विशेष सेवा दिन लागेको र साेहिअनुसार आकर्षक योजना जसलाई चमत्कारिक योजना नाम दिइएको जानकारी दिए।
थापाकाअनुसार बैँककाे २२ अाैँ वार्षिक उत्सवको अवसरमा ३० विशेषतायुक्त थप योजना ग्राहक समक्ष ल्याएको हो । चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी खाता, सुपर चमत्कारिक उद्यमशीलता खाता लगायत रहेका छन् ।
बैङ्कका प्रदेश एकका उपप्रमुख विष्णु आचार्यले उल्लिखित योजनाहरूमा ग्राहकले अाफु र परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुविधा प्राप्त गर्ने जानकारी दिए । साथै परिवारका सम्पूर्ण सदस्यहरूले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि ३० लाख सम्मको बिमा सुविधा र परिवारका लागि १ लाख ५० हजार सम्मको अाैषधी उपचार बिमा सुविधा समेत प्राप्त हुने बताइएको छ ।
यो सेवा लिएका ग्राहकले निःशुल्क एटिएम कार्ड समेत प्राप्त गर्नेछन्। आचार्यले उक्त कार्ड प्रयोग गरेर काराेवार गर्दा कुनै पनि बैङ्कमा अतिरिक्त चार्ज नलाग्नेसमेत जानकारी दिए ।
बैङ्कका मुलुकभर २ सय ९७ शाखा कार्यालयहरू, ३ सय ४६ एटिएम, ५८ एक्सटेन्सन काउन्टर र ४१ अाेटा शाखारहित बैङ्किङ सेवा प्रवाह गर्ने केन्द्र रहेका छन् । बैङ्कले १८ लाख ग्राहक जाेडिएकाे दाबी गरेको छ ।