इटहरीः सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बिहीबार राति बम बिस्फोट भएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सो बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सुषमा गोदावरी कलेजको गेटमा बम प्रहार भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार चन्दा आतङ्क मच्चाउन बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । चन्दा आतङ्क मच्चाउने विप्लव समूहका कार्यकर्तालाई इटहरीबाट प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो । पक्राउको विरोधमा पनि आफ्नो उपस्थिति देखाउन बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले इटहरीमा सुतली बम र धरानमा कुकर बम पड्काएको हुन सक्ने अनुमान गरेको छ । धरानको दिल्ली पब्लिकमा भएको बिष्फोटका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको आवास गृहका झ्यालका सिसासमेत चर्किएका छन् ।