धरान: ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चली फरार रहेका १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २९ गतेको सो घटनामा फरार रहेका धरान– १५ का १९ वर्षीय गब्बरे भनिने दीपन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दीपन लिम्बूले धरान – १५ बस्ने १५ वर्षीय दीपक लिम्बूलाई सो दिन साँझ धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आजै सुनसरी जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।