विराटनगर / सुनकाण्डका मुख्य अभियुक्त मध्येका एक् छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतको फैसलाअनुसार उनलाई पुर्पक्षका लागि मोरङ कारागार पठाइएको छ । उनी अर्का अभियुक्त भुजुङ गुरूङको नातामा साला पर्ने व्यक्ति हुन । बिहान अदालतमा आत्मसमर्पण गरेलगत्तै घलेले इन्कारी बयान दिएका थिए ।
बयानमा छिरिङले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । तर मूख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले भने सुन तस्करीको सेटिङ मिलाउने काम छिरिङले गरेको र उनकै मातहतमा आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए । बिहान ११ बजेपछि सुरु भएको बयानमा छिरिङले गोरे लगायतको समूहले आफूलाई फसाउन झुटो बयान दिएको आरोप समेत लगाए । आफू डा. डेविट नभएको दाबी गर्दै उनले गोरेले भनेको छिरिङ अर्कै हुनसक्ने तर्क पनि गरेका थिए । गृह मन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । यस अघि एसएसपी श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका थिए । उनि पनि जेल चलान भइसकेका छन् ।