धरानः  धरानमा बजाजको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटोले आयोजना गरेको एक्सचेन्ज मेलामा मोटरसाइकल खरीद गर्न आएका एक ग्राहकले १ लाख १ हजार रुपैयाँको स्क्र्याच कुपन जितेका छन् ।

धरान–८ स्थित सभागृहमा आयोजना भइरहेको महामेलामा धरान–५ देवीगाउँका बुद्धिमान विश्वकर्माले भविष्यवाणी अफर अन्तर्गत मोटरसाइकल खरीद गर्नुअघि कुपन स्क्र्याच गर्दा १ लाख रुपैयाँ जितेका थिए । बजाज कम्पनीको १ सय ५० सीसीको मोटरसाइकल खरीद गरिसकेपछि थप १ हजार रुपैयाँ स्क्र्याच गरी जितेका थिए ।

अहिलेसम्मको ठूलो उपहार जित्ने विश्वकर्मा ठहरिएका छन् । उनले खरीद गरेको मोटरसाइकलको मूल्य २ लाख ६४ हजार ९ सय रुपैया पर्छ । फाइनान्स सुविधाबाट मोटरसाइकल खरीद गर्न पुगेका उनले उपहार प्राप्त गरेपछि पूरै रुपैयाँ तिरेर मोटरसाइकल किनेका थिए ।

भदौ २२ गतेदेखि शुरु भएको भविष्यवाणी अफरसहितको बजाज महामेलामा ४ दिनमा १ सय ७७ ओटा मोटरसाइकल बिक्री भएको अर्बिन एण्ड ब्रदर्स अटोका सञ्चालक अर्बिन तामाङले बताए । महामेलामा १ लाख ८३ हजार रुपैयाँदेखि ३ लाख ३९ हजार ९ सय रुपैयाँसम्मका मोटरसाइकल बिक्री भएका छन् । ४ दिनमा करीब २ करोडको कारोबार भएको छ ।

उनका अनुसार एक्सचेञ्ज अफरमा विभिन्न मूल्यबराबरका १ सय २३ ओटा मोटरसाइकल किनबेच भएका छन् । फाइनान्समा ४० ओटा बिक्री भएको उनले बताए । थप दुई दिनसम्म चल्ने महामेलामा थप मोटरसाइकल पनि बुकिङ भइहेको उनले बताए । महामेलाको करीब ७ सय जनाले अवलोकन गरेका छन् ।

 मेलामा भविष्यवाणी अफरमा नयाँ बाइक खरिद गर्नुअगाडि नै अधिकतम १ लाखसम्मको छुट प्राप्त गर्न सकिने छ भने खरिद गरिसके पछि पनि १ लाखसम्मकै छुट प्राप्त गर्न सकिने छ । एक्सचेन्ज अफरमा मोटरसाइकलको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँ रहेको छ । सो रकममा१५ हजार रुपैयाँ थप गरिने जनाइएको छ ।

नयाँ बजाज मोटरसाइकल खरीदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै फाइनान्स तथा बीमाको सुविधा समेत दिइएको बताइएको छ ।