इटहरीः विराटनगर विमानस्थलबाट सुटुक्क भोजपुर जिल्ला अदालत पुर्याइएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डलाई म्यादी प्रहरी हत्याको आरोप लागेको छ ।

भोजपुर जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनले धरौटी बुझाएका थिए । अदालतको आदेशपछि छाडिए पनि अदालत परिसरबाट पुनः प्रहरीले पक्राउ गरि दाङ पठाएको थियो ।

उनलार्इ दाङमा गत साल मंसिर १२ गते बम विस्फोट गराएको आरोप छ । सो घटनामा म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो ।

दाङस्थित तुलसीपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुलसी सापकोटाले प्रकाण्डविरूद्द कर्तव्य ज्यानसम्बन्धी मुद्दा भएकाले दाङ ल्याइएको बताएका छन् ।